रेणु–प्रदीप यादवले जसपा नेपाल छाडे, लोसपा र जसपा बीच एकता सम्पन्न
१४ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले पार्टी परित्याग गरेका छन्। उनीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको पार्टी एकतालाई स्वीकार गर्दै आज जसपाका अध्यक्ष उपेन्द्र यादवसँग सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमति पत्रमा उल्लेख छ, “मिति २०८२ पुस १३ गते जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित जसपा, नेपाल पार्टीसँग एकीकरण गरियो।”
यस एकताको मार्फत रेणु यादव नेतृत्वको समूह अब जसपा एकताको प्रक्रियामा समावेश भएको छ, जसले पार्टीको संगठनात्मक बल र राजनीतिक प्रभावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।