माधवकुमार नेपालः नेपाली कम्युनिष्ट पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने
धनगढी, १२ मंसिर – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीले स्वच्छ राजनीतिको अगुवाइ गर्ने बताएका छन्।
सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभामा सम्बोधन गर्दै नेपालले राजनीतिमा लाग्नेहरूमा इमान्दारी, समर्पण र देशप्रतिको चिन्ता हुनु पर्ने बताए। उनले वर्तमान राजनीतिक दलहरूमा अपराधीकरण, दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण र भ्रष्टीकरण व्याप्त रहेको पनि औँल्याए।
‘देशमा कुशासन र भ्रष्टाचार व्याप्त छ,’ उनले भने, ‘यसलाई अन्त्य गर्ने काममा नेपाली कम्युनिष्ट पार्टीले अगुवाइ गर्नेछ। राजनीतिमा लाग्नेहरूमा इमान्दारी र समर्पण नहुँदा देश बन्ने अवस्था आउँदैन। हाम्रो लक्ष्य देश र जनताको हितमा काम गर्नु हो।’