नेपाल प्रहरीमा सात एसएसपी दरबन्दी रिक्त, बढुवाको तयारी सुरु
काठमाडौं, १२ मंसिर – नेपाल प्रहरीमा सात प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को दरबन्दी हाल रिक्त रहेको छ। यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएपछि रिक्त दरबन्दीको संख्या सात पुगेको हो।
एसएसपी दरबन्दी रिक्त भएपछि नेपाल प्रहरीले बढुवाको तयारी सुरु गरेको छ। प्राविधिकतर्फका दुई एसएसपीको दरबन्दी पनि जनपदतर्फ मिलाएर बढुवा गर्ने योजना रहेको छ।
यसका लागि आवश्यक संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएण्डएम) गर्नका लागि मन्त्रीपरिषद्ले स्वीकृति समेत दिएको छ। दरबन्दी मिलानपछि बढुवाका लागि मन्त्रीपरिषद्मा सिफारिस पठाउने प्रक्रिया अघि बढाइएको छ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत तथा प्रशासन विभागका अनुसार, रिक्त दरबन्दी मिलाइसकेपछि बढुवा प्रक्रिया अघि बढाइनेछ। यसअघि सशस्त्र प्रहरीले पनि दरबन्दी मिलाएर तीन डीआईजी र एक एसएसपीको दरबन्दी थप गरेको थियो।
हाल रिक्त एसएसपी बढुवामा करिब दुई दर्जन एसएसपीहरू प्रतिस्पर्धामा छन्। बढुवाका लागि उम्मेदवारमा भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेन्द्र प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोख्रेल, पदमबहादुर बिष्ट रहेका छन्।
त्यस्तै, वासुदेव खतिवडा, प्रजित केसी, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, राजकुमार सिलवाल, सुवास चन्द्र बोहरा, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाल तिमिल्सिना र रमेश पण्डित पनि बढुवामा प्रतिस्पर्धा गरिरहेका छन्।