एनपीएल: सुदूरपश्चिमका ओपनर जोश ब्राउन गोल्डेन डक, सोमपालको पहिलो बलमै विकेट
काठमाडौं, ८ मंसिर – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ। कर्णाली याक्सविरुद्ध ब्याटिङमा उत्रिएका ओपनर जोश ब्राउन पहिलो ओभरको पहिलो बलमै गोल्डेन डक आउट भएका छन्।
कर्णालीका कप्तान सोमपाल कामीले इन्निङ्सको सुरुआतमै ब्राउनलाई आउट गर्दै सुदूरपश्चिमलाई दबाबमा पारे।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर सुदूरपश्चिमले पहिला ब्याटिङ गरेको हो।