काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकमा खानेपानीको पाइप फुटेर जलमग्न
काठमाडौँ, २९ कात्तिक। काठमाडौंको नयाँ बानेश्वर–तीनकुने सडकखण्डमा आज बिहान खानेपानीको पाइप फुटेपछि सडक जलमग्न भएको छ। सिभिल अस्पतालबाट तीनकुनेतर्फ जाने बाटोमा पाइप फुट्दा सडकमा पानी ठूलो मात्रामा बगिरहेको छ।
पाइप फुटेको ठाउँ आकाशे पुलको छेउमा रहेको प्रहरीले जानकारी दिएको छ। सडकमा गुडिरहेका सवारी साधन र पैदल यात्रुहरूलाई पानीले अवरोध पुर्याइरहेको छ।
प्रहरीका अनुसार पानी सिधै खोलामा पुगेकोले यसबाट तत्काल जोखिम भने छैन। सडकमा जलजमाव हटाउन र यातायात व्यवस्थापनका लागि स्थानीय निकायले पहल थालेको छ।