एनपीएल उद्घाटन खेल: जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य
काठमाडौं, १७ मंसिर – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट खोलेर १३० रन जोड्यो। जनकपुरका ओपनर आशिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ५४ रनको अर्धशतकीय पारी खेले।
अन्य ब्याटरहरूबाट खासै ठूलो योगदान नआए पनि आशिफको पारीले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्यायो।
अब केहीबेरमै काठमाण्डू गोर्खाजले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ सुरु गर्नेछ।