क्याप्टेन विजय लामालाई जहाज उडाउन रोक, फोटो–भिडियो खिच्दा नियम उल्लङ्घन
काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका क्याप्टेन विजय लामामाथि कारबाही गरेको छ। उडान सञ्चालन मापदण्ड पालना नगरेको भन्दै उनलाई अर्को सूचना नआउन्जेल जहाज उडाउन रोक लगाइएको छ।
प्राधिकरणका अनुसार, लामाले जहाज उडाउँदा फोटो तथा भिडियो खिचेर भ्लग बनाएका थिए, जसले उडान सञ्चालन मापदण्ड उल्लङ्घन गरेको ठहर गरिएको छ।
क्यानले निगमको अपरेसन्स डिपार्टमेन्टलाई पत्र लेख्दै, लामालाई रोस्टरबाट हटाउन र जहाज उडाउन नदिन निर्देशन दिएको छ।