सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी मनिष थापा नियुक्त
७ मंसिर, काठमाडौं – सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापालाई दिइएको छ।
यसअघि सशस्त्र प्रहरी बलका सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानु भएपछि उक्त पद रिक्त भएको थियो।
अब डीआईजी थापाले सशस्त्र प्रहरी बलको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सम्हाल्ने भएका छन्।