झापा जिल्ला कारागारमा सजाय भोगिरहेका भारतीय नागरिकको मृत्यु
झापा — झापा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारतको पश्चिम बङ्गाल, दार्जिलिङका कर्णबहादुर लिम्बूको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई कारागारबाट अस्पताल लगिएको थियो।
कारागार प्रशासनले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।