तरुण दलले समितिलाई सात बुँदे राजनीतिक सक्रियता निर्देशन
काठमाडौँ — नेपाल तरुण दलले मातहतका समितिलाई राजनीतिक सक्रियता बढाउन सात बुँदे परिपत्र जारी गरेको छ।
अध्यक्ष विद्वान गुरुङले मंगलबार जारी गरेको परिपत्रमा वर्तमान राजनीतिक अवस्था अनुसार जिल्लामा र्याली, मार्चपास र कोणसभा आयोजना गरी निर्वाचन सुनिश्चितताबारे सम्बद्ध पक्षको ध्यानाकर्षण गराउन निर्देशन दिइएको छ। साथै नागरिक समाज, सुरक्षा निकाय, निर्वाचन कार्यालयका अधिकारी र मतदातासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ।
परिपत्रअनुसार, जेनजी उमेर समूहका युवालाई पार्टीमा प्रवेश गराउन, शान्ति–सुरक्षा तथा अमनचयनका विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन, स्थानीय विकास परियोजनामा स्वयंसेवक परिचालन गर्न र पाँचौँ महाधिवेशनको तयारी स्वरूप सदस्यता वितरण अभियानलाई तीव्र बनाउन मातहतका समितिलाई निर्देशन दिइएको छ।