चितवन — ग्यास बुलेटका ठक्करबाट १८ वर्षीया राइना श्रेष्ठको मृत्यु
चितवनमा मंगलबार ग्यास बुलेटका ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा लमजुङको मध्य नेपाल नगरपालिका–३ की १८ वर्षीया राइना श्रेष्ठ छन्। भरतपुर महानगरपालिका–१० मालपोत चोकमा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको एनएल ०१ एल २४५३ नम्बरको खाली ग्यास बुलेटले बागमती प्रदेश ०६–००५ प ३०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलमा पछाडि सवार राइना श्रेष्ठ घाइते भइ उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएकी हुन्। मोटरसाइकल चालक राइना श्रेष्ठका पिता ५२ वर्षीय राजकुमार श्रेष्ठ पनि घाइते भएका छन् र उपचार भइरहेको छ। ठक्कर दिने ग्यास बुलेट चालक प्रहरीको नियन्त्रणमा राखिएको छ।