७ एमाले पदाधिकारीले ओली नेतृत्वलाई निरन्तरतामा समर्थन
काठमाडौँ, १२ मंसिर – नेकपा एमालेका सात जना पदाधिकारीहरूले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई निरन्तरता दिनुपर्ने पक्षमा उभिएका छन्।
शुक्रबार भएको अनौपचारिक छलफलमा उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्यालले नेतृत्वको निरन्तरतामा समर्थन जनाएका हुन्।
पदाधिकारीहरूले मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सुदृढ पार्टी एकताको पक्षमा योगदान गर्न सम्बद्ध सबैसँग आग्रह गरेका छन्।
एक पदाधिकारीका अनुसार, आगामी नेतृत्व निर्माणका लागि सर्वसम्मतीको पहल गर्ने निष्कर्ष पनि उनीहरूले निकालेका छन्।