काठमाडौँ उपत्यकाको फोहोर विसर्जन फेरि रोकियो, गाडीहरू बीचमै अलपत्र
काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन फेरि अवरुद्ध भएको छ। बन्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटतर्फ फोहोर लिएर गएका गाडीहरू स्थानीय अवरोधका कारण बाटैमा रोकिएका छन्, जबकि केही गाडीहरू काठमाडौँ फर्किन थालेका छन्।
सरकारसँग भएका विगतका सहमति कार्यान्वयन न भएको भन्दै स्थानीयवासीले फोहोर विसर्जन रोक्किएको स्थानीय स्रोतले जनाएको छ। अवरोधले उपत्यकामा फेरि फोहोर व्यवस्थापन संकट गहिरिन सक्ने देखिएको छ।