मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत
काठमाडौँ — मन्त्रिपरिषद्ले नेपाल प्रहरीले सञ्चालन गर्न लागेका संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण को स्वीकृति दिएको छ। सोमबार बसेको बैठकले स्वीकृति दिएसँगै प्रहरीले सर्वेक्षणको तयारी कार्य अघि बढाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डीआईजी अबिनारायण काफ्ले का अनुसार, ओ एन्ड एम अन्तर्गत प्रहरी दरबन्दीको मिलान, आवश्यक नहुने दरबन्दी कटौती र अन्य कार्यालयहरूको दरबन्दी स्थायीकरण गर्ने कार्य हुनेछ। अस्थायी कार्यालयको दरबन्दी स्थायी गर्ने र आवश्यक पर्ने क्षेत्रमा दरबन्दी थप गर्ने काम पनि समावेश हुनेछ।
सर्वेक्षणले प्रहरी संगठनको संरचना सुदृढ बनाउने र दरबन्दी व्यवस्थापनमा पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ। यसअघि सशस्त्र प्रहरीमा पनि यसैगरी दरबन्दी मिलान गरिएको थियो।