हङकङको ताई पोमा भीषण आगलागी
हङकङमा बुधबार ताई पो क्षेत्रमा भीषण आगलागी भएको छ, जसलाई अधिकारीहरूले ग्रेड ४ बाट ग्रेड ५ मा स्तरोन्नति गरेका छन् । यो विगत १७ वर्षमा हङकङमा लागेको पहिलो ग्रेड ५ स्तरको आगलागी हो । स्थानीय समय अनुसार १८ बजेर २२ मिनेटमा आगलागी भएको जनाइएको छ ।
यसअघि सन् २००८ मा मोङ ककको व्यापारिक जिल्लामा रहेको कर्नवाल कोर्टमा ग्रेड ५ को आगलागी भएको थियो। साउथ चाइना मर्निङ पोस्टको रिपोर्ट अनुसार सन् १९६२ मा निर्मित उक्त व्यापारिक भवनमा भएको आगलागीमा चार जनाको मृत्यु भएको थियो ।
त्यसयता हङकङमा यति ठुलो स्तरको आगलागी भएको थिएन । ताई पो आगलागीको थप विवरण आउन बाँकी छ र अधिकारीहरूले घटनास्थलमा नियन्त्रणको प्रयास जारी राखेका छन्।