प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय थप गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने समय थप गर्ने तयारी गरेको छ। यसै विषयमा बुधबार साँझ आयोगका पदाधिकारीहरू बीच छलफल भइरहेको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अझै दर्ताका लागि दलहरू आउने क्रम जारी रहेकाले सहजीकरण गर्न समय थप आवश्यक भएको बताइएको छ। उनले दलहरूले औपचारिक रूपमा दर्ता अवधि विस्तारको आग्रहसमेत गरेको जानकारी दिए।
बुधबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ८० भन्दा बढी दल दर्ता भइसकेका छन्।