काठमाडौँबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, सबै सुरक्षित
१३ मंसिर, काठमाडौँ — काठमाडौँबाट पोखराका लागि उडान भरेको बुद्ध एयरको जहाजमा अवतरणका क्रममा चरा ठोक्किएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिँदै गर्दा चरा ठोक्किएको पुष्टि एयरलाइन्सले गरेको हो।
बुद्ध एयरका अनुसार उडान नम्बर ६१७, जहाज दर्ता नम्बर ९एन–एओसीमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्। घटनापछि जहाजलाई पोखरास्थित प्राविधिक टोलीले विस्तृत रूपमा जाँच गरिरहेको कम्पनीले जनाएको छ।
चरा ठोक्किने घटनाबाट विमानमा केही प्राविधिक असर परेको हुनसक्ने प्रारम्भिक अनुमान छ, तर विस्तृत विवरण प्राविधिक मूल्याङ्कनपछि मात्र सार्वजनिक गरिने बताइएको छ।