भारतीय सेनाका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ता नेपाल आए, प्रधानसेनापति सिग्देलसँग भेट
१० मंसिर, काठमाडौं — नेपाल भ्रमणमा आएका भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ता आज सैनिक हेडक्वार्टर भद्रकाली गएर नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
भेटवार्तामा दुई देशबीचको सुरक्षा सहयोगलाई अझ सुदृढ पार्ने उपायहरूमा छलफल भएको जानकारी प्राप्त भएको छ। भेटघाट र भ्रमण कार्यक्रमले भारत र नेपालबीचको सैन्य सम्बन्ध र द्विपक्षीय मित्रतालाई अझ मजबुत बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
लेफ्टिनेन्ट जनरल सेनगुप्ताको नेपाल भ्रमणका दौरान अन्य उच्चस्तरीय सैन्य अधिकारीहरूसँग भेटघाट र समन्वय कार्यक्रमहरू समेत हुने बताइएको छ।