जेनजी प्रदर्शनमा एटीएम तोडफोडमा संलग्न एक जना पक्राउ
भक्तपुरमा जेनजी आन्दोलनका क्रममा एटीएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले २९ वर्षीय बुद्धिमान तामाङलाई पक्राउ गरेको छ। तामाङ सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भई भक्तपुरको थिमीमा बस्छन्।
भक्तपुरका प्रहरी प्रमुख एसपी सूर्यबहादुर खड्काका अनुसार, भदौ २४ गते प्रहरी वृत्त थिमीमा भएको आगजनी घटनाको क्रममा तामाङले राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेका थिए। प्रहरी वृत्त थिमीले उनलाई थप अनुसन्धानका लागि नियन्त्रणमा राखेको छ।