टोखा नयाँ बसपार्क नजिक फेला परेको शव तेस्रो लिंगीको, सनाखत हुन सकेन
काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिक सडक किनारमा शनिवार दिउँसो शव फेला परेको छ। प्रारम्भिक अनुसन्धान अनुसार शव तेस्रो लिंगीको रहेको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार शवको सनाखत हुन नसक्दा थप अनुसन्धानमा चुनौती देखिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको थियो। मुचुल्का गर्दा शव पोकोमा राखेर सडक किनारमा बरेको अवस्थामा भेटिएको थियो।
शव हतियारको प्रयोग गरेर काटिएको अवस्था थिएन र पूर्णरूपमा सिंगो अवस्थामा रहेको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ। सनाखत नभएकाले हत्याको कारण वा घटनासम्बन्धी अन्य विवरण पत्ता लगाउन अनुसन्धान जारी छ।