सिंहदरबार प्रवेश नपाएपछि जेन-जी समूहले दक्षिण गेटमै मागपत्र टाँसेर फर्कियो
काठमाडौं, ८ मंसिर – मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई मागपत्र बुझाउन सिंहदरबार पुगे पनि प्रवेश अनुमति नपाएपछि दक्षिण गेटमै मागपत्र टाँसेर फर्किएको छ।
समूहले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी ध्यानाकर्षण गराउने योजना बनाएको थियो। तर सुरक्षा निकायले प्रवेश अनुमति नदिएपछि उनीहरूले मागपत्र गेटमै टाँसेर प्रतिवाद स्वरूप कार्यक्रम समापन गरेका हुन्।
जेन-जी समूहले प्रधानमन्त्रीका स्वकीय सचिवालयमा भएको भनिएको विवादास्पद नियुक्तिसम्बन्धी स्पष्टीकरण माग गर्दै आन्दोलन गर्दै आएको छ।