प्रतिनिधिसभा निर्वाचनका लागि ६१ दल दर्ता, ८ लाख ३७ हजार नयाँ मतदाता निवेदन
काठमाडौं, ८ मंसिर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ६१ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा दर्ता कायम रहेका १३२ दलमध्ये ६१ दलले चुनाव प्रयोजनका लागि दल दर्ता गराएका हुन्।
आयोगले अधिकतम दलको सहभागिता सुनिश्चित गर्न दर्ता प्रक्रियालाई प्राथमिकता दिइरहेको बताइएको छ।
प्रवक्ता भट्टराईका अनुसार मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले मतदाता बन्न नयाँ निवेदन दिएका छन्। निवेदनहरूको रुजु प्रक्रिया पूरा भएपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूको मतदाता नामावली प्रकाशित गरिने छ।
नामावलीमा त्रुटि परे मंसिर २१ देखि २७ गतेसम्म सच्याउन सकिने र सबै प्रक्रिया सकिएपछि पुस १५ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ।