पशुपतिनाथका नागमणि, मुकुट र प्राचीन सामग्री सर्वसाधारणलाई दर्शन
काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले आज भगवान् पशुपतिनाथका नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन धार्मिक सामग्री सर्वसाधारणलाई दर्शन गराएको छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र कृष्ण अमावास्याका दिन प्राचीन गरगहना तथा सामग्री सार्वजनिक प्रदर्शन गर्ने परम्परा अनुसार आज बिहान ९ः०० देखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती वस्तु प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।
यसअघि मङ्गलबार (मंसिर २ गते) कृष्ण अमावास्याका दिन पनि बिहान १०ः०० देखि ११ः३० बजेसम्म नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत सामग्री सर्वसाधारणलाई देखाइएको थियो।
कोषले मार्गशीर्ष कृष्ण त्रयोदशीको दिनदेखि एक वर्षका लागि ती प्राचीन सामग्री सुरक्षित रूपमा राखिने जनाएको छ।