विपिन जोशीको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग
इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाख आर्थिक सहयोग गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरुप दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बताए ।
२३ असोज २०८० मा बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद्ले हमासको आक्रमणमा ज्यान गुमाएका परिवारलाई दुई/दुई लाखका दरले आर्थिक सहायता गर्ने निर्णय गरेको थियो ।
निर्णयबमोजिम प्रदेश सरकारले मृतक सात जनाका परिवारलाई सहयोगबापतको चेक हस्तान्तरण गरेको थियो भने सो समयमा विपिन जोशीको अवस्था अज्ञात रहेको थियो । गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।