बङ्गलादेशमा भीषण आगलागीमा नौ जनाको मृत्यु
बङ्गलादेशको राजधानी ढाकास्थित रासायनिक गोदाममा भीषण आगलागी भएको छ । आगलागीमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ । धेरै दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याएको बताइएको छ ।
आगलागीबाट धेरै घाइते भएको बताइएको छ । घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।