भीमफेदी जेलबाट भागेकामध्ये १ सय ८४ कैदीबन्दी अझै फरार
जेन-जी आन्दोलनको मौका छोपेर भीमफेदीस्थित क्षेत्रीय कारागारको पर्खाल फोडेर भागेका ४ सय ४० कैदीबन्दीमध्ये १ सय ८४ अझै फरार छन् ।
भदौ २४ गते राती साढे १२ बजे यहाँबाट कैदीवन्दी फरार भएका थिए । जेलबाट फरार भएकामध्ये ३९ जना विदेशी थिए । ति मध्ये १२ जना पक्राउ परेका छन भने २७ जना फरार नै छन ।
कारागारका जेलर सुवास पौडेलले भागेकाहरुलाई कारागार प्रशासनले फोन गरेर फर्कनका लागि असोज २० गतेसम्मको समय दिएको बताए । उनले यो अवधीमा १ सय १३ जना फर्केको बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार कैदीबन्दी खोजीको क्रम जारी रहेको बताए । कारागार प्रशासनका अनुसार फरार भएका कैदीवन्दीहरुमध्ये सवै भन्दा धेरै लागु औषध मुद्दाका छन् । अन्य भने जवरजस्ती करणी, कर्तव्य ज्यान लगायतका मुद्दाका छन् ।
अहिले भीमफेदी कारगारमा ९ सय ४६ जना कैदीबन्दी छन । जेल फोडेर भाग्नु भन्दा अघि यहाँ १ हजार ६६ जना कैदीबन्दी थिए ।