यातायात व्यवस्था विभागबाट २६ करार कर्मचारी निकाला
यातायात व्यवस्था विभागले करारमा काम गरिरहेका २६ जनालाई निकालेको छ । करारमा काम गरिरहेको २८ जना कर्मचारीमध्ये दुई जना करारका कर्मचारीको जागिरले भने निरन्तरता पाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशकका सवारी चालक महोन मगर र कार्यालय सहयोगी निर्मला चौधरीको भने करारको जागिरले निरन्तर पाएको छ ।
संघीय सरकारले खर्च कटौती गर्न भन्दै शिक्षक बाहेकका सबै करार कर्मचारी कटौती गर्ने भनेको थियो । विभागले भने २८ जना करारका कर्मचारी मध्ये २ जनालाई राखेको र अन्य २६ जनालाई हटाएको छ ।
यातायात विभागमा करारमा काम गरिरहेकाहरुको विभागीय प्रमुख स्तरीय निर्णय अनुसार उनीहरुलाई हटाएको हो । करारमा काम गरिरहेको कर्मचारीलाई आज विभागले अर्को महिनाको १ गतेदेखि लागू हुने गरि बिदा गरेको हो ।
‘भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागमा भएको आगजनीको कारण विभागबाट सम्पादन हुँदै आइरहेको स्मार्ट कार्ड लाईसेन्स छपाई, वितरण लगायतका सम्पूर्ण सेवाहरु पूर्ण रुपमा बन्द रहेको छ ।
‘अर्को आदेश वा व्यवस्था नभएसम्म तपाईँसँग गरिएको व्यक्तिगत करार सम्झौता मिति कार्त्तिक १ गतेदेखि लागू हुने गरी अन्त्य गरिएको गरिएको छ, करारमा काम गरिरहेका कर्मचारीलाई कामबाट हटाएको पत्रमा उल्लेख रहेको छ ।
विभाग स्रोतका अनुसार कार्यालयमा अति आवश्यक भएकाले २ जनालाई करारका कर्मचारीको जागीरलाई निरन्तरता दिएको हो ।