आज महाकवि देवकोटाको ११०औँ जन्मजयन्ती मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। १९६६ सालको कार्तिक कृष्ण औँसीमा जन्मिएका देवकोटा नेपाली साहित्यका अद्वितीय प्रतिभा हुन्।
बाल्यकालमै कविता लेख्न थालेका उनले सयभन्दा बढी कृतिहरू दिए — महाकाव्य, खण्डकाव्य, निबन्ध, नाटक, कथा, उपन्यास, गीत आदि। ‘मुनामदन’ उनको सर्वाधिक चर्चित र बिक्री हुने खण्डकाव्य हो।
स्वच्छन्दतावाद र प्रगतिवादका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र पूर्वीय–पाश्चात्य दर्शनको समन्वय पाइन्छ। उनले ‘पागल’ कविता अंग्रेजीमा अनुवाद गरेका थिए भने धेरै विदेशी रचनाको नेपालीकरण गरेका छन्।
शिक्षामन्त्रीका रूपमा उनले नेपाली भाषा अनिवार्य गराए, र प्रज्ञा–प्रतिष्ठान स्थापनामा महत्वपूर्ण योगदान दिए। चरम अभावका बीच पनि उच्चस्तरीय साहित्य सिर्जना गर्ने उनको क्षमता नेपाली साहित्यमा अद्वितीय रह्यो।