दक्षिण कोरियामा ट्रम्प र सी जिनपिङबीच आर्थिक तथा व्यापारिक छलफल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दक्षिण कोरियामा भएको भेटमा आर्थिक र व्यापारिक सम्झौतामा छलफल भएको छ ।
अमेरिकाले चीनमाथि लगाएको कर नीतिमा पुनर्विचार गर्ने भएको छ । सञ्चार माध्यमका अनुसार चाइना ट्यारिफ ५७ प्रतिशतबाट ४७ प्रतिशतमा घट्ने बताइएको छ । ट्र्म्पका लागि टाउको दुुखाइको विषय बनेको सोयाबिन खरिद सहमतिपछि पुनः सुरु हुने बताइएको छ ।
ट्र्म्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग आर्थिक र व्यापारिक सम्झौताका विषय घोषणा गरेका हुन् । उनले चीनमा लगाइँदै आएको ट्यारिफ १० प्रतिशत कटौती गरिएको बताए । यो बैठकपछि अमेरिका र चीन सम्बन्ध नयाँ तरिकाले सुरुवात भएको बताइएको छ ।
दक्षिण कोरियाको बुसानमा ट्र्म्प र सीबीच झण्डै २ घण्टा छलफल भएको थियो । छलफलका विषयमा चाँडै नै निष्कर्ष सार्वजनिक गरिने बताइएको छ ।