तोरेन्जा: हराएको सभ्यताको पुनरागमन या कल्पनाको षड्यन्त्र?
इतिहासमा सदियोंअघि हराएको भनिएको एक रहस्यमय सभ्यता "तोरेन्जा" को पुनः अस्तित्वको दावीले पुरातत्त्व र वैज्ञानिक वृत्तमा हलचल मच्चिएको छ। हालै फेला पारिएको इसापूर्व २०० सालको एक शिलालेखमा “तोरेन्जा” को उल्लेख भेटिएपछि यसलाई केवल किंवदन्ती मात्र होइन, प्राचीन वास्तविक सभ्यताको प्रमाणको रूपमा हेरिएको छ।
शिलालेखमा तोरेन्जालाई “उज्यालोको भूमि, जुन रातारात लोप भयो” भनेर वर्णन गरिएको छ। यो वर्णनले शताब्दीयौंदेखि रहँदै आएको मिथकीय कथालाई ऐतिहासिक प्रमाणले बल दिएको पुरातत्वविद्हरू बताउँछन्। अनुसन्धान अनुसार, तोरेन्जा प्राचीन रोम साम्राज्यसँग व्यापार गर्ने समृद्ध सभ्यता थियो, जुन एकाएक लोप भयो।
तर चकित पार्ने कुरा यतिमै सीमित छैन। वैज्ञानिकहरू अनुसार तोरेन्जा दुईपटक देखा परेको दावी गरिएको छ — पहिलोपटक सन् १९५४ मा र दोस्रोपटक २०२५ मा।
सन् १९५४ मा जापानको हानेडा विमानस्थलमा एक अनौठो घटना भएको थियो। एक व्यक्तिले “Taured” नामक देशको पासपोर्ट देखाए — जुन देश संसारको कुनै नक्सामा थिएन। उनलाई फ्रान्स र स्पेनको बीचको भूभागमा पर्ने देशको नागरिक भएको दावी गरेपछि नजरबन्दमा राखियो। तर अर्को बिहान ती व्यक्ति रहस्यमय रूपमा गायब भएको भनाइ छ।
यो कथाले सामाजिक सञ्जाल र षड्यन्त्र सिद्दान्तहरूमाझ ‘समांतर आयाम’ वा ‘टाइम स्लीप’ (time slip) जस्ता अवधारणाहरूको चर्चा गरायो। तथापि, तथ्य–जाँच संस्था Snopes लगायतका स्रोतहरूले यसलाई अर्बन लेजेन्ड (Urban Legend) घोषित गरिसकेका छन्। वास्तवमा, सन् १९६० को दशकमा John Allen K. Zegrus नाम गरेका व्यक्तिले जापानमा नकली पासपोर्टसहित प्रवेश गर्ने प्रयास गरेका थिए, जसको आधारमा यो कथा जन्मिएको हुनसक्ने विश्लेषण गरिएको छ।
सन् २०२५ मा पुनः अमेरिकाको न्युयोर्कको जेएफके विमानस्थलमा एक अचम्मको भिडियो भाइरल भयो, जसमा एक महिलाले आफुलाई “तोरेन्जा” देशकी नागरिक बताइन्। उनले देखाएको पासपोर्ट अत्यधिक परिष्कृत र वास्तविकजस्तो देखिए पनि विज्ञहरूका अनुसार त्यो AI प्रविधि वा डिजिटल सम्पादन मार्फत बनाइएको नक्कली कागजात थियो।
तोरेन्जा नामक कुनै राष्ट्र संयुक्त राष्ट्रसंघको अभिलेख, नक्सा वा आधिकारिक सूचीमा छैन। साथै, यस्ता कुनै पुरातात्त्विक प्रमाण २०२५ को घटनासँग प्रत्यक्ष मेल खाने खालका देखिएका छैनन्।
पुरातत्वविद्हरू भने तोरेन्जा शिलालेखको प्रमाणलाई गम्भीर रूपमा लिएका छन्। अनुसन्धानकर्ता अनुसार, यस्तो शिलालेखबाट देखिन्छ कि सभ्यता कुनै प्रकोप वा भौगोलिक परिवर्तनका कारण हराएको हुनसक्छ।
तर यथार्थ के हो भन्नेमा अझै अध्ययन आवश्यक छ। अनुसन्धानकै क्रममा “तोरेन्जा” सम्बन्धी शिलालेख हाल अन्तर्राष्ट्रिय संग्रहालयमा परीक्षणमा राखिएको छ।
यता, सामाजिक सञ्जाल र पप–कल्चरले यी कथाहरूलाई रोमाञ्चक षड्यन्त्र सिद्धान्तको रूपमा उठान गरिरहेको छ — कहिले समययात्रा, कहिले बहुआयामी ब्रह्माण्ड (multi-dimensions) का सन्दर्भमा।
टाउरेड र तोरेन्जा — यी दुई कथाहरूले यथार्थ र कल्पनाबीचको सिमाना धुँवा बनाइदिएका छन्।
एकातर्फ इतिहासविद् प्रमाण खोजिरहेका छन्, दुवै कथाहरू, टाउरेड र तोरेन्जा, रहस्यमय घटनाक्रमका रूपमा सामाजिक सञ्जाल र इन्टरनेटमा व्यापक चर्चामा आएका छन्। यस्ता कथाहरूले मानव मानसमा रहस्यप्रति गहिरो जिज्ञासा जगाउँछन्, तर व्यावहारिक दृष्टिले हेर्दा यी कथा मिथक, अतिरञ्जना वा फिक्सन हुन् भन्नेमा धेरै प्रमाणहरू देखिन्छन्। तथापि, समय, अन्तरायाम र इतिहासको सम्भावित भिन्न संस्करणप्रति गरिएको कल्पना स्वयंमा रोचक र सोचनिय छ।