बलिउडका चर्चित हास्य कलाकार सतीश शाहको निधन
भारतका प्रसिद्ध अभिनेता र कमेडियन सतीश शाहको ७४ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको मृत्यु मिर्गौलासम्बन्धी समस्याका कारण २५ अक्टोबर २०२५ मा भएको हो। करिब पाँच दशक लामो अभिनय यात्रामा शाहले २०० भन्दा बढी चलचित्र र टेलिभिजन सिरियलमा अभिनय गर्नुभएको थियो।