भारतमै उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी बने खड्का
भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित ‘आईपीएस ७७ आरआर’ समूहमा ५ जना नेपाल प्रहरीका कर्मचारी दीक्षित भएका छन्।
दीक्षित हुनेमध्ये प्रहरी निरीक्षक सगुन खड्काले ‘फेज–१ मा उत्कृष्ट विदेशी अधिकृत प्रशिक्षार्थी’ को उपाधि हासिल गरेका छन्। उक्त दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धिविक्रम शाहको पनि उपस्थिति रहेको थियो।