महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत
महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा स्वीकृत भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार राजीनामा स्वीकृत गरेका हुन्।
गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो राजीनामा दिएपछि महान्यायाधिवक्ता बडालले पनि राजीनामा दिएका थिए।