राससको महाप्रबन्धकमा सन्दीप राई नियुक्त
राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्। पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव संगालेका छन्।
तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहेका राईसँग छापा, रेडियो र अनलाइनमा काम गरेको अनुभव छ।