एमाले केन्द्रीय विपद् व्यवस्थापन विभागलाई पूर्णता दिन माग
नेकपा एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले विगत तीन महिनामा गरेका कामको रिपोर्ट पार्टीलाई बुझाएको छ ।
विभाग प्रमुख खिमलाल भट्टराईले आइतबार तीन महिने प्रगति र सुझावसहितको विवरण पार्टी महासचिव शंकर पोखरेललाई बुझाएका हुन् । रिपोर्टमा विभागमा महिलासहितका सदस्य थप्न र विपद्सँग सम्बन्धित संरचना बढाउन माग गरिएको छ ।
‘विभागलाई सामाग्रीसहित कार्यकक्ष र प्रविधिहरू पनि आवश्यक परेको छ । त्यसबारे हामीले पार्टीसँग आवश्यक मागहरू पेस गरेका छौ’, भट्टराईको भनाइ छ ।
यसअघि विभागको बैठकले विपद्मा आइपर्ने समस्या न्यूनीकरणका लागि ५ सय युवा स्वयंसेवक परिचालनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो ।