८ लाख ३९ हजार रकमसहित एकजना पक्राउ
प्रहरीले स्रोत नखुलेको रकम सहित रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट एकजनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय कृष्ण अग्रहरी छन् । उनको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार बरामद गरिएको रुपन्देहीका प्रहरी उपरक्षिक (एसपी) प्रदिप क्षेत्रीले बताए ।
आरोपी भारतीय नम्बरको मोटरसाइकलमा रकम लिएर हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा पक्राउ परेका हुन् । उनीविरुद्ध प्रहरीले हुण्डी सम्बन्धी कसुरमा अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।