लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा उपाधिका लागि नेपाल प्रहरी र एपीएफ भिड्दै
लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । नेपालगञ्ज रङ्गशालामा अपराह्न ४ बजे सुरु हुने फाइनलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिस्पर्धा हुनेछ ।
दुवै विभागीय टोलीबीचको खेल रोमाञ्चक हुने ठानिएको छ । प्रतियोगिताको विजेताले पाँच लाख पाँच हजार ५५५ र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।