सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले लिए शपथ
सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले शपथ लिएका छन् ।
न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए ।
राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।