भारतीय नवनियुक्त राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता
भारतका लागि नेपालका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
भेटका क्रममा परराष्ट्रसचिव राईले राजदूत दलेलालाई नेपालका लागि भारतीय राजदूतमा नियुक्त भएकोमा बधाई दिँदै सफल तथा फलदायी कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा उनीहरूबीच नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध पक्षमा विचार आदानप्रदान भएको थियो ।
साथै, दुवै देश र जनताको आपसी हितका लागि द्विपक्षीय सहयोगलाई थप सुदृढ र प्रगाढ बनाउने उपायबारे समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।