प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै
प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौँबाट हेलिकप्टरमार्फत कञ्चनपुरको महेन्द्रनगर आउँदै छन्। उनी सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ। आज १ हजार ३ सय ७७ विद्यार्थी दीक्षित हुँदैछन्।
दीक्षान्त समारोहमा सहभागी भइसकेपछि उनले दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्नेछन्। त्यसपछि प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।