अमेरिकामा डढेलोमा परी ६ जनाको मृत्यु, ५३ सय संरचना जल्दा डेढ लाख बढी विस्थापित
अमेरिकामा सल्किएको डढेलोमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ। लस एन्जलसमा लागेको डढेलोको मुस्लो अझ डरलाग्दो हुँदै जान सक्ने चेतावनी विज्ञले दिएका छन्।
केही समय अघि गरिएको पत्रकार सम्मेलनमा शुक्रबार र आउँदो मंगलबार अझ धेरै हुरी बतास र आगोको मुस्लोका कारण अझ भयावह अवस्था आउने चेतावनी दिइएको छ ।
विज्ञ ५३ सय संरचना ध्वस्त पार्ने त्यस आगोको उत्पत्ति कसरी भएको भन्ने पत्ता लगाउने प्रयासमा छन्। सो आगोका कारण विस्थापित हुनेको सङ्ख्या करिब दुई लाख अर्थात् लाख ७९ हजार पुगेको छ।