प्रधानमन्त्री ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्षबिच भेटवार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टीको स्थायी कमिटीका अध्यक्ष झाव लेजीबिच भेटवार्ता भएको हो । दुई नेताबिच बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी ली छ्याङ र राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ समझदारी पत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डलको टोली आइतबार चार दिने भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको हो ।