अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने
पुष्पा शृङ्खलाका अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ । हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ। तेल्गु नायक अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ परेका थिए ।
हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो । डिसेम्बर ४ मा हैदराबादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो । जबकि उनका छोरा घाइते भएका छन् ।
अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो । यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो ।
प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा व्यवस्था कडा गरिएको थियो । धेरैले अल्लु अर्जुनले पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन् । प्रहरीले बिहानको खाजा समेत खान नदिएको र बेडरुमबाटै सिधै पक्राउ गरेको उनले बताए । उनलाई लुगा फेर्न पनि मौका दिइएको छैन ।
यही बेला अल्लु अर्जुनको फिल्म ‘पुष्पा–२’ ले यतिबेला हलचल मच्चाइ रहेको छ । पुष्पा–२ साउथका साथै हिन्दी क्षेत्रमा पनि निकै रुचाइएको छ । तर अल्लु अर्जुनका लागि यो फिल्म समस्या बनेको छ ।