पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप
ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप भएको छ । फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको र अहिले स्थिति नियन्त्रणमा आएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले बताए ।
नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम सुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।