राधे–कृष्ण बचतको १५ औं साधारणसभा सम्पन्न
काठमाडौँ महानगरपालिका वडा नं. १६ बनस्थलीस्थित राधे–कृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन भुमि तथा सहकारी बिभाग रजिस्ट्रार पिताम्बर घिमिरेले गरेका थिए । कार्यक्रममा उनले सहकारीले सामाजिक क्षेत्रको उत्थानका लागि सहकार्य गर्न जरुरी रहेको बताए । उनले देशको समसामयिक विषयमा सहकारीकर्मीहरुले पनि जानकारी राख्नुपर्ने बताए ।
साधारण सभामा सहकारीका कार्यवाक अध्यक्ष सुरेश बाबु अंगाई, सचिव कृष्ण प्रसाद न्यौपाने, कोषाध्यक्ष प्रकाश मरासिनी लगायतले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए ।
संस्थाको बचत संकलनमा आर्थिक बर्ष २०७९/०८० मा रु. ४३,४२,४७,३५६ भएकोमा आ. व २०८०/०८१ मा निक्षेप संकलनमा रु.४,४४,०८,९५८ ले बृद्धि भई रु.४७,८६,५६,३१४ पुगेको छ ।
संस्थाको आर्थिक बर्ष २०७९÷८० मा शेयर रकम रु.४,६४,८७,५०० रहेकोमा यस आथिर्क वर्ष २०८०/८१ मा १,६०,००० ले बृद्धि भई जम्मा शेयर रु.४,६६,४७,५०० पुगेको छ। सहकारीको १६ औं वार्षिकोत्सवको अवसरमा सो जानकारी दिइएको हो ।
सहकारीले उक्त अवधिमा सहकारी सदस्यतामा पनि वृद्धि गरेको छ । संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेका अनुसार आर्थिक बर्ष ०७९/०८० मा २०११ जना सदस्य रहेकोमा आर्थिक वर्ष ०८०/०८१मा २०४८ जना सदस्य पुगेका छन् ।
