काठमाडौंबाट गएको गाडी दोलखामा दुर्घटनामा परी दुई जना गम्भीर घाइते
दोलखामा गाडी दुर्घटना परेको छ। काठमाडौंबाट मेलुङ गाउँपालिका-४ जाँदै गरेको बागमती प्रदेशको ०१- ०२७ च २७५१ नम्बरको जीप शैलुङ गाउँपालिका-२ मा बिहीबार बिहान साढे ७ बजे दुर्घटनामा परेको हो।
जीप आफै अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो। उक्त जीपमा सवार १२ यात्रुमध्ये ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर शत्रुजन महतोले जानकारी दिए।
एक जनालाई जिल्ला अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको इन्स्पेक्टर महतोले जानकारी दिए।