सुडानमा भएको आक्रमणमा परी १०० जना मानिसको मृत्यु, सयौं घाइते
एजेन्सी । मध्य सुडानको गाउँमा भएको अर्ध सैनिक आक्रमणमा १ सय जनाको मृत्यु भएको स्थानीय प्रजातन्त्र समर्थक आन्दोलनकारीको समितिले बिहीबार जनाएको छ।
सन् २०२३ अप्रिलदेखि नियमित सेनासँग युद्धमा रहेका र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले बुधबार अल–जजिरा राज्यको वाड अल–नौरा गाउँमा भारी तोपखानाले ‘दुई लहरमा’ आक्रमण गरेको मदनी प्रतिरोध समितिले जनाएको हो । डराएका अर्धसैनिक बलहरूले ‘गाउँमा आक्रमण हुदाँ कैयौं विस्थापित भएको र दर्जनौ मानिसंको मृत्यु भएको’ बताएका छन्।
आक्रमणबाट सयौं मानिसको मृत्यु भएको पुष्टि भएको हो । सयौंको संख्यामा घाइते भएको पुष्टिको पर्खाइमा स्थानीयहरू रहेको स्रोतले जनाएको छ। सामाजिक सञ्जालमा समितिले सार्वजनिक चोकमा ‘सामूहिक हत्या’ भएको भन्दै आँगनमा सेतो कफनको पङ्क्ति राखिएको भिडियो फुटेज सार्वजनिक गरेको हुन्।
१ वर्षको समयभित्रै, युद्धले १० औं हजार मानिसको ज्यान लिएको छ । द्वन्द्वका कारण पश्चिम डार्फर सहरमा १५ हजार भन्दा बढी मारिएका हुन्। सुडानका लागि अमेरिकी विशेष दूत टम पेरियेलोले युद्धमा परी मृत्युवरण गर्नेहरूको संख्या १ लाख ५० हजारको हाराहारीमा रहेको बताएका छन्।
आरएसएफले सुडानका गाउँहरू, विशेष गरी अल–जाजिराको कृषि क्षेत्रमा बारम्बार घेराबन्दी र आक्रमण गरेको हो। बिहीबारको जानकारीमा आरएसएफले वाड अल–नौरा क्षेत्रका ३ वटा सैन्य शिविरमा आक्रमण गरी सहर बाहिर दुश्मनसँग भिडन्त गरेको जनाइएको छ।