देशका ६ प्रदेशमा आज मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा र हावाहुरीको सम्भावना
काठमाडौं । हाल देशको पूर्वीभू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भू-भागमा भने स्थानीय वायु-पश्चिमी वायु र बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको हो।
मंगलबार बिहान कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको हो । त्यस्तै, कोशी प्रदेशको केही स्थानहरुमा हल्का वर्षा समेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो भने कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको हो। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबार राति भने कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
कोशी, बागमती र गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।