बागमती प्रदेशका १३ जिल्लाका कांग्रेस नेता-जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज दोलखामा
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका १३ जिल्लाका कांग्रेस नेता- निर्वाचित जनप्रतिनिधि शुक्रबार दोलखामा भेला हुने भएका छन् ।
कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको प्रदेश स्तरीय पार्टी र जनप्रतिनिधि विषयक २ दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन प्रदेशभित्रका नेता तथा जनप्रतिनिधि दोलखामा जम्मा भएका हुन्। कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सम्बोधन तथा उद्घाटन गर्ने उक्त प्रशिक्षण कार्यक्रमको लागि उपसभापति खड्का बिहीबार नै दोलखा गइसक्नुभएको कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले जानकारी दिनुभयो।
कांग्रेसको व्यवस्थापन सदरमुकाम चरिकोटको होटल एम्ब्रोसियामा सञ्चालन हुने कार्यक्रम दोलखासहित बागमती प्रदेशभित्रका करिब २ सय जना कांग्रेस नेता तथा जिल्ला पार्टी प्रतिनिधि, प्रदेश प्रतिनिधि, प्रतिनिधि सभा प्रतिनिधि, प्रदेश सभा प्रतिनिधि र स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायतका जनप्रतिनिधिहरूको सहभागी रहने सभापति लामाले बताउनुभएको छ ।
सोही कार्यक्रममा दोलखाका बाहेकका जिल्लाहरू रामेछापबाट ११ जना, काठमाडौंबाट २१ जना, भक्तपुरबाट ६ जना, ललितपुरबाट १४ जना, काभ्रेपलान्चोकबाट १६, मकवानपुरबाट ११, चितवनबाट १०, सिन्धुपाल्चोकबाट १७, नुवाकोटबाट १२, धादिङबाट १८, रसुवाबाट ७ र सिन्धुलीबाट १० जना प्रतिनिधि प्रशिक्षण कार्यक्रम सहभागी हुन दोलखामा जाने भएको हुन् ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन शुक्रबार दिउँसो २ बजेट उद्घाटन हुने भएको दोलखा कांग्रेसले जनाएको छ।