कांग्रेसले बिरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिरोध गरेपछि बिहीबारको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सोही बैठक शुक्रबार १ बजेर १५ मिनेटमा बस्नेगरी स्थगित भएको हो । बैठक शुरु भएपछि सभाको कारबाही प्रस्तुत गर्ने क्रममा कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसले बिरोध जनाएसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद बैठक शुक्रबारसम्मका लागि स्थगित गर्नुभएको हो ।
सोही क्रममा अध्यक्ष दाहालले राष्ट्रिय सभाको ७ वर्षको इतिहासमा नयाँनयाँ पनदेखिन थालेको महशुस भएको बताउनुभएको छ । राष्ट्रिय सभामा बिरोध गर्ने कुराले सबैलाई अफ्ठ्यारो भएको र बाहिर नयाँ किसिमको परिचर्चा शुरु भएको उहाँले बताउनुभएको हो ।
अध्यक्ष दाहालले कांग्रेसलाई सभा सहज रुपमा अघि बढाउनका लागि भूमिका खेल्न समेत अध्यक्ष दाहालले आग्रह गर्नुभयो ।